आइएमई जनरल इन्स्योरेन्सको वित्तिय विवरण सार्वजनिक

सोमबार, २५ बैशाख २०८०, १२ : ३१

काठमाडौं-  आइएमई जनरल इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजिनक गरेको वित्तिय विवरण अनुसार अधिकांश सूचकमा सामान्य सुधार मात्रै देखिएको छ।यस त्रैमाससम्मा कम्पनीको खुद मुनाफा ३ प्रतिशतले मात्रै वृद्धि भएको छ। गत आर्थिक बर्षमा १६ अर्ब रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले यस त्रैमासमा १७ अर्ब रुपैयाँ मात्रै वृद्धि भएको छ।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन १३ प्रतिशतले बढेको छ भने कुल बीमाशुल्क आर्जन १० प्रतिशतले बढेको छ। मर्जर प्रकृयामा रहेको कम्पनीले आफनो चुत्त पुँजि भने ५५.८२ प्रतिशतले बढाएको छ।बीमा कोष र जगेडा कोषको रकम चलाएर कम्पनीले अन्यत्र सारेको देखिन्छ । जगेष कोष २३ प्रतिशतले घटेको छ कम्पनीको सम्रगमा जम्मा कोषमा ५.९६ प्रतिशतले घटेको छ ।

नेपाल बीमा प्राधिकरणले महाविपत्ति कोषमा छुटाउन दिएको रकम पनि कम्पनीले छुटाएको देखिदैन। कम्पनीले यस त्रैमासमा कोषमा रकम अन्यत्र सारेको देखिन्छ । जगेडा कोष कम्पनीले थप कमजोर बनाएको छ।

सोमबार, २५ बैशाख २०८०, १२ : ३१

प्रतिक्रिया