आइएमई जनरलको सेवा बन्द

मंगलबार, २६ बैशाख २०८०, १३ : १६

काठमाडौं-  आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको विद्युतिय माध्यमबाट प्रदान गरिने सेवा आज दिउसो २ बजेदेखि बन्द रहने भएको छ ।

मर्जर प्रक्रिया पुरा गरी बैशाख २७ गतेदेखि एकिकृत कारोबार सूरु गर्ने भएकोले दुबै संस्थाको तथ्थांक एकिकरण गर्नको लागि आज दिउसो २ बजेदेखि भोलि कार्यालय समयसम्म कारोबार बन्द रहने इन्स्योरेन्सले जनाएको छ ।

संस्थाका अनुसार तथ्थांक एकिकरणको काम समाप्त भएपश्चात भोलि विहान कार्यालय समयभित्र सो सेवा संचालनमा आउने छ ।

मंगलबार, २६ बैशाख २०८०, १३ : १६

प्रतिक्रिया