काठमाडौं– नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो ३५ औं बार्षिक साधारणसभा यहि जेठ २२ गते गर्ने भएको छ। कम्पनीले आर्थिक बर्ष २०७८-७९ को बार्षिक साधारणसभा जेठ २२ गते गर्न लागेको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ६.५ प्रतिशत नगद लाभांश पारित गर्ने छ। कम्पनीले कर प्रयोजनका लागि एक करोड ९५ लाख रुपैयाँ नगद पनि पारित गर्ने छ।
कम्पनीले ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ३७ करोड रुपैयाँले बढ्ने छ।
कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ छ। कम्पनीका अन्य एजेण्डा सामान्य छन्।
प्रतिक्रिया