काठमाडौं- आइएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आजदेखि एकिकृत कारोबार शुभारम्भ गर्दैछ । आजदेखि आइएमई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नामबाट यी कम्पनीले एकिकृत कारोबार गर्ने भएको हो ।
एकिकृत कारोबारपश्चात् कम्पनीको अध्यक्ष र सिईओ दुबै आइएमई जनरल इन्स्योरेन्सले पाउने छन्। नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सीईओ युगेश भक्त बादे श्रेष्ठ बन्ने छन् । त्यस्तै, श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ९सिनियर डीसीईओ० हुनेछन् । रावल साविक प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ हुन् ।
नेपाल इन्स्योरेन्ससँग मर्जर भाडिएपछि दुई कम्पनीले गत माघ २७ गते मर्जरमा जान प्रारम्भिक सम्झौता गरेका थिए । नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते दुई कम्पनीलाई अन्तिम स्वीकृति दिएको थियो ।
मर्जरपछि यस्तो बन्दैछ कम्पनी
कुल बीमा शुल्कको आधारमा
चालु आवको तेस्रो त्रैमाससम्म यी दुबै कम्पनीको कुल बीमा शुल्क आर्जन बढेको देखिएको छ । समिक्षा अवधिसम्म आइजीआई र प्रुडेन्सियल इन्स्योरेन्स दुबैको व्यवसाय बढेको देखिएको हो । तर तुलनात्मक रुपमा हेर्दा प्रुडेन्सियल इन्स्योरेन्स भन्दा आइजीआइले यस अवधिसम्म बढी बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
प्रुडेन्सियलले चैत मसान्तसम्म १ अर्ब ४ करोड रुपैयाँ ५१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने आइएमई जनरलले एक अर्ब ४२ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको तुलनामा प्रुडेन्सियलको व्यवसाय ४.४० प्रतिशतले मात्रै बढेको छ भने आइजीआइको १०.५८ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया