आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्षबाट सपथ ग्रहण

बुधबार, २७ बैशाख २०८०, १६ : ३०

काठमाडौँ- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष श्री हेमराज ढकालज्यूले आज मिति २०८० साल बैशाख २७ गते बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष श्री सुर्यप्रसाद सिलवालज्यू समक्ष नेपाल बीमा प्राधिकरणको कार्यालय कुपण्डोल, ललितपुरमा सपथ ग्रहण गर्नुभयो ।

 उक्त अवसरमा नव निर्वाचित अध्यक्ष श्री हेमराज ढकालज्यूले नेपाल बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै सोही अवसरमा नेपाल बीमा प्राधिकरणका अध्य्क्षज्यूबाट श्री हेम राज ढकालज्यूलाई सफल कार्यकालको लागि शुभकामना दिनुभयो ।
 

बुधबार, २७ बैशाख २०८०, १६ : ३०

प्रतिक्रिया