काठमाडौँ - सनराइज बैंक र अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्र बिच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बैंकले आफ्ना ग्राहकलाई नयाँ र समय सापेक्षीक सेवाहरुलाई प्रदान गर्दै आएको छ। सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिँदै आएको छ।
त्यसै क्रममा बैंकले स्वास्थ्य क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले काठमाडौँको विशालनगरस्थित अरोगिन हेल्थकेयर केन्द्रसँग सम्झौता गरेको हो। सनराइज बैंक तथा अरोगिन हेल्थकेयरबीच बैंकका ग्राहकहरुका लागी सेवा तथा उपचार सुविधाहरुमा ४५ प्रतिशतसम्मको छुट दिने सम्झौता भएको हो ।
सम्झौताअनुसार बैंकका ग्राहकले बैंकको क्रेडिट, डेबिट कार्ड, क्यूआर वा मोबाइल बैँकिङमार्फत सेवा लिन सक्ने जनाइएको छ।
सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अरोगिन हेल्थकेयरका व्यवस्थापन प्रमुख जानुका विष्टले हस्ताक्षर गरेका छन्।
प्रतिक्रिया