रिलायबल नेपाल लाइफको अपरिकृष्त वित्तिय विवरण सार्वजनिक

विहीबार, २८ बैशाख २०८०, १० : ५४

काठमाडौं-  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिकृष्त वित्तिय विवरण सार्वजनिक गरेको छ ।

 कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्म्मा कम्पनीको खुद बीमाशुल्क आर्जन ६ प्रतिशतले घटेको छ।गत आर्थिक बर्षमा २ अर्ब ८३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस त्रैमाससम्मा २ अर्ब ६४ करोड रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

कम्पनीको मुनाफा भने ३५ प्रतिशतले बढेर २८ करोड ६७ लाख रुपैयाँमा कायम भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले २१ करोड रुपैयाा मुनाफा आर्जन गर्न सफल भएको छ।कम्पनीको बीमा कोष, जगेडा कोष, महाविपत्ति कोष गरि चालु आर्थिक बर्षमा ७ अर्ब ६८ करोड रुपैयाँ कुल बीमा कोष रकम जम्मा रहेको छ।गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जम्मा कोष ५ अर्ब ३१ करोड रुपैयाँ संचित रहेको छ ।कम्पनीको जम्मा कोष गत आर्थिक बर्षको तुलनामा ४४ प्रतिशतले बढेको छ।

त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी ४४ प्रतिशतले बढेको छ भने लगानी, कर्जा , कमीशन र अन्य आयको रकम ६२ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।कम्पनीको व्यवस्थापन खर्च र अभिकर्ता कमीशन दुबै घटेको छ । कम्पनीको व्यवस्थापन खर्च ३ प्रतिशत र अभिकर्ता कमीशन खर्च १४ प्रतिशतले घटेको छ।

गत आर्थिक बर्षमा जारी बीमालेख २८ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ।
पूर्वसन्ध्यामा कम्पनीले आफनो चुक्ता पुँजि शतप्रतिशतले बढाएको छ।

 

विहीबार, २८ बैशाख २०८०, १० : ५४

प्रतिक्रिया