काठमाडौं- बैंकहरुले जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने भएको छ । नेपाल बैंकर्स संघको आजको बैठकले बैंशाख महिनाको निक्षेपको ब्याजदर जेठमा कायम राख्ने भएको हो ।
निक्षेप निरुत्साहित हुने भयले बैंकरहरु ब्याजदर नघटाउने निर्णयमा पुगेका हुन् ।चैत अन्तिम साता बसेको बैंकर्स संघको बैठकले निक्षेपको ब्याजदर ११ प्रतिशतबाट १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ प्रतिशतमा झारेको छ । त्यसयता निक्षेप संकलन केही सुस्ताएको छ ।
प्रतिक्रिया