काठमाडौं- लघुबीमा निर्देशिकामा युएनडिपीले पनि प्राविधिक रुपमा सहयोग गर्ने भएको छ ।
नियामक निकाय नेपाल बीमा प्राधिकरणले जारी गर्नं लागेको निर्देशिमा प्राविधिक रुपमा सहयोगको भूमिकामा देखिन लागेको हो । पुरानो ऐन अन्तर्गतको बीमाले काम नगर्ने भन्दै प्राधिकरणले युएनडिपीलाई प्राविधिक सहयोगको रुपमा राख्न लागिएको जनाएको छ।
प्राधिकरणले लघुबीमा व्यवसाय गर्ने बीमकको दर्ता सम्बन्धी कार्यलाई पारदर्शी र व्यवस्थित बनाउन बीमा ऐन, २०४९ को दफा ८ को खण्ड ९घ२० को अधिका प्रयोग गरी निर्देशिका जारी गरेको थियो ।पुरानो ऐन अनुसार नयाँ लघुबीमा कम्पनीलाई चल्न समस्या हुने भएको कारण प्राधिकरणले नयाँ निर्देशिका तयारी गर्न लागेको हो ।लघुबीमा व्यवसाय गर्ने बीमकको रूपमा प्राधिकरणबाट इजाजतपत्र पाईसकेका छन् । बाँकिले यसै महिनामा पाउनेछन् ।
यूएनडिपीले विगत दुई महिनादेखि लघु बीमा निर्देशिकाका लागि अध्ययन गरिरहेको छ ।बीमा प्राधिकरणको टिमसँग सयुक्त रुपमा यो टोलीले काम गर्नेछन् ।लघुबीमा कायर्यक्रम अरु बीमालेखले समेट्न नसकेको वा पहुँचमा पुग्न नसकेका वर्गहरु प्रति लक्षित छ । ग्रामिण क्षेत्रमा बसोबास गर्ने बिमाको दायराले समावेश गर्न नसकेका, न्यून आय भई जीविकोपार्जन गर्ने समुदायको दैनिक जीवनमा आई पर्न सक्ने सम्भावित जोखिम न्यूनिकरणमा सहयोग पुर्याउने एक कार्यक्रम नै लघुबीमा भएकाले सोहि स्थानसम्म पुगेर काम गर्ने वातावरण सिर्जना कसरी गर्ने भन्ने कुरा निर्देशिकामा समेटिने भएको छ। यस बिषयमा बीमा प्राधिकरण र युएनडिपीको बिशेष प्राथमिकत हुने देखिएको प्राधिकरणले जनाएको छ।
यस्ता कार्यक्रमले ग्रामिण भेगका मानिसहरुका घरआगँनमा पूगि उनीहरुलाई समेटेमा भविष्यमा आई पर्ने सम्भावित आर्थिक वा भौतिक जोखिमसँग सामना गर्न अवस्थालाई पनि निर्देशिकामा समस्या गरिन्छ ।
प्रतिक्रिया