नेशनल माइक्रोफाइनान्सको नाफा घट्यो

शुक्रबार, २९ बैशाख २०८०, ०९ : २१

काठमाडौं -  नेशनल माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा नाफा ३९.६५% ले थोरै हो । गत वर्ष यसले ३३ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

यता, कम्पनीको खुद ब्याज आम्दानी २७.८९% र सञ्चालन नाफा २९.६४% ले घटेको छ । यसले गर्दा नाफा प्रभावित हुन पुगेको छ । यता, नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ ।  

गत वर्ष ७७ रुपैयाँ ०४ पैसा (वार्षिक) प्रतिसेयर आम्दानी रहेको यसको यो त्रैमाससम्म आईपुग्दा घटेर ४६ रुपैयाँ ८४ पैसा (वार्षिक) मा झरेको छ । यसको खराब कर्जा भने ३.१२% बाट बढेर ५.४३% भएको छ ।

शुक्रबार, २९ बैशाख २०८०, ०९ : २१

प्रतिक्रिया