ओरियन्टल इन्स्योरेन्सको वित्तीय विवरण सार्वजानिक

शुक्रबार, २९ बैशाख २०८०, ११ : ३२

काठमाडौं-  ओरियन्टल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको छ ।

चालु आवको चैत मसान्तसम्म कम्पनीले ३९ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको यसै अवधिसम्मको तुलनामा २०।१५ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म कम्पनीले ३२ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

साथै समिक्षा अवधिसम्म कम्पनीको बीमा कोषको आकार १८.४७ प्रतिशतले बढेर कोषमा एक अर्ब ३५ करोड २८ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै जगेडा कोषको आकार समेत ८९.२९ प्रतिशतले बढेर कोषमा ५७ करोड ३७ लाख रुपैयाँ संचित रहेको छ ।

चालु आवको नौ महिनासम्ममा कम्पनीले एक अर्ब ८ करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस्तो आर्जन समेत गत आवको तुलनामा ४.४२ प्रतिशतले बढी हो । कम्पनीले गत वर्षको यसै अवधिसम्म एक अर्ब ३ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेको थियो ।

साथै कम्पनीले चैत मसान्तसम्म ३४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ भने यस अवधिसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी भने १४.९१ प्रतिशतले घटेको छ । साथै व्यवस्थापन खर्च समेत ११.४४ प्रतिशतले बढ्न पुगेको छ । यस अवधिसम्म कम्पनीको जारी बीमालेखको संख्या ४७.६५ प्रतिशतले बढेर ३० हजार ९०८ पुगेको छ ।

शुक्रबार, २९ बैशाख २०८०, ११ : ३२

प्रतिक्रिया