शहिद स्मारक लिग अन्तर्गत आज तीन खेल हुँदै

११ महिना अगाडि

काठमाडौँ - शहिद स्मारक लिग अन्तर्गत आज तीन खेल हुदैँछन् ।

त्रिपुरेस्वरस्थित दशरथ रङ्गशालामा दुई वटा र च्यासल खेल मैदान, ललितपुरमा एउटा खेल हुनेछ ।

च्यासलस्थित खेल मैदानमा मच्छिन्द्र फुटबल क्लब तथा थ्री स्टार क्लब बिच पहिलो खेल हुनेछ । सो खेल दिउँसो ३ः०० बजेबाट सुरु हुनेछ । 

यसैगरी त्रिपुरेस्वरस्थित रङ्गशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज युनाइटेड र त्रिभुवन आर्मी क्लबबीच पहिलो प्रतिस्पर्धा हुनेछ । सो खेल पनि ३ः०० बजेबाट सुरु हुनेछ ।  

उता, साँझ ६ बजेबाट रङ्गशालामा हुने दोस्रो खेलमा भने एफपी फुटबल क्लब र सातदोवाटो युवा क्लब एक आपसमा आमुने सामुने हुनेछन् । 

११ महिना अगाडि

प्रतिक्रिया