मर्जरको लागि राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

विहीबार, ०४ जेठ २०८०, १४ : ०२

काठमाडौँ - डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्थाले एक आपसमा मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेको छ । केन्द्रीय बैंकले डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्न स्वीकृति प्रदान गरेको हो ।

दुवै लघुवित्तले फागुन ३० गते बसेको वार्षिक साधारण सभाले प्राप्ति प्रक्रियालाई स्वीकृत गरेको थियो भने चैत १३ गते प्राप्ति सम्बन्धी अन्तिम सम्झौता गरेका थिए ।

डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । अव यी दुवै कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेरपछि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार शुरु हुनेछ ।

विहीबार, ०४ जेठ २०८०, १४ : ०२

प्रतिक्रिया