शिव श्री हाइड्रोपावर २३ करोड भन्दा बढि नोक्सानमा

शुक्रबार, ०५ जेठ २०८०, ०८ : ०५

काठमाडौं - चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा शिव श्री हाइड्रोपावरले २३ करोड ७९ लाख ३३ हजार रुपैयाँ नोक्सान व्यहोर्न परेको छ । यो कर तिर्नुभन्दा अघिको नोक्सान हो । अघिल्लो वर्ष यसैअवधिमा यसले २८ करोड ९० लाख ४९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो । अघिल्लो वर्षको तुलनामा नोक्सानी घटेको हो ।

विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै नोक्सानीमा केही कमी आएको हो । गत वर्ष १७ करोड ९२ लाख २३ हजार रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेकोमा यो वर्ष २६ करोड ८० लाख ४२ हजार रुपैयाँ आम्दानी गरेको छ । 

चैत मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ २३ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ५९ रुपैयाँ ७३ पैसा छ । चुक्ता पुँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ छ । जगेडा कोष ५९ करोड ४५ लाख ५ हजार रुपैयाँ ऋणात्मक छ ।

शुक्रबार, ०५ जेठ २०८०, ०८ : ०५

प्रतिक्रिया