अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै बीमा प्राधिकरण

सोमबार, ०८ जेठ २०८०, १७ : ०९

काठमाडौँ - नेपाल बीमा प्राधिकरणले यहि जेठ २५ गतेदेखि जेठ २७ गतेसम्म बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ ।

तीन दिने अन्तरराष्ट्रिय सम्मेलनमा पहिलो दिन एशियाका देशहरुको नियामक निकायहरुको सेसन रहेको छ । जसमा नियामक निकाय बाहेक कसैको सहभागी हुने छैन । नेपालको तर्फबाट नियामक निकाय नेपाल बीमा प्राधिकरणले यसको लागि रजिष्टेसन फर्म खुल्ला गरिसकेको छ ।

जसमा नेपालको लागि १५०० रुपैयाँ तोकिएको छ । दुई दिने कार्यक्रममा सहभागी हुन चाह्ने बीमा कम्पनी, सर्भेयर, ब्रोकर, नेपाल रि र अभिकर्ताहरुले फर्ममा सम्पूर्ण विवरण भरेर शुल्क भुक्तानी गरेर मात्रै कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

उक्त सम्मेलनको मूल विषय ‘एशियन इन्स्योरेन्स मिट बिल्डिङ रेजिलेन्स अफ इन्स्योरेन्स टुवार्ड्स इमरजिङ रिस्क’ रहेको छ ।
उक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगिसकेको बीमा प्राधिकरणले जनाएको छ । सो सम्मेलनमा सहभागी हुनका लागि प्राधिकरणले रजिष्ट्रेसन फर्म खुलाई सकेको छ ।

सम्मेलनका सह–आयोजकमा इन्टरनेशनल एशोसिएशन अफ इन्स्योरेन्स सुपरभाइजर्स, एशियाली विकास बैंक र एसेस टु इन्स्योरेन्स इनिसिएटिभ रहेका छन् । सम्मेलनमा बीमा क्षेत्रको विद्यमान अवस्था, जोखिमका साथै सोको निवारणका लागि अवलम्बन गरिएका अन्तरराष्ट्रिय अभ्यासबारे छलफल हुनेछ ।

 

 

सोमबार, ०८ जेठ २०८०, १७ : ०९

प्रतिक्रिया