काठमाडौँ - आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा श्री युगेशभक्त बादे श्रेष्ठ नियुक्त हुनु भएको छ ।
उहाँको नियुक्तिको लागि कम्पनीको संचालक समितिको मिति २०८०/०१/२७ गतेको बैठकले नियुक्ति सिफारिस गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेकोमा कम्पनीको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट मिति २०८०/०२/०५ को पत्र मार्फत स्वीकृति प्राप्त भई कम्पनीको मिति २०८०/०२/०९ गते बसेको संचालक समितिको बैठकमा युगेशभक्त बादे श्रेष्ठले कम्पनीका अध्यक्ष हेमराज ढकालज्यूबाट शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा कम्पनीको संचालक समिति तथा व्यवस्थापनबाट युगेशभक्त बादे श्रेष्ठलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।
प्रतिक्रिया