आईपीओ निष्कासन गर्दै एक कम्पनी

१० महिना अगाडि

काठमाडौँ - भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आइपीओ निष्काशनको तयारी गरको छ । यसका लागि कम्पनीले मचेन्ट सम्बन्धि पूर्व तयारी गर्न एनएमबि क्यापिटलसँग सम्झौता गरेको छ।

एनएमबि क्यापिटलले फोनपेलाई आफ्नो विशेषज्ञता र क्षमताका आधारमा आइपीओ जारी गर्ने विषयमा आवश्यक परामर्श दिने जनाएको छ ।

पूर्व तयारीको काम सकिएपछि फोनपेले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्नेछ ।

फोनपे नेटवर्कमा ५८ वटा भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु सदस्य छन् । १ करोड ८० लाख भन्दा बढी सेवाग्राही र १२ लाख बढी मर्चेन्टहरु आवद्ध छन् ।

१० महिना अगाडि

प्रतिक्रिया