क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छनोट

१ बर्ष अगाडि

काठमाडौं-  आगामी महिना जिम्बावेमा हुने आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार १० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको हो । समूह ‘ए’मा समूहमा नेपालसहित, आयोजक जिम्बावे, विश्व विजेता वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका परेका छन्। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।

सोमबार २२ सदस्यीय प्रारम्भिक टोली बनाएको नेपालले एक साताको अभ्यासपछि नेपाली टिम मे ३१ (जेठ १७ गते) मा दक्षिण अफ्रिका जाँदैछ। १८ जुलाई अर्थात् ३ असारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल नेपालले घरेलु टोली जिम्बावेसँग खेल्नेछ ।

दोस्रो खेल ५ असारमा अमेरिकासँग खेल्नेछ । यसैगरी ७ असारमा वेष्ट इण्डिज, ९ असारमा नेदरल्याण्ड्ससँग समूह चरणको खेल खेल्नेछ ।

 

१ बर्ष अगाडि

प्रतिक्रिया