एनएमबि बैंकको महोत्तरी शाखामा लुटपाट

मंगलबार, १६ जेठ २०८०, १४ : ४२

काठमाडौँ- हतियारधारी लुटेराहरुको समूहले एनएमबि बैंकको महोत्तरी शाखामा लुटपाट गरेका छन्। 

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको एनएमबि बैंकको शाखामा हतियाधारी लुटेराहरुको समूहले लुटपाट मच्चाएको हो। आज मध्याह्न साढे १२ तिर लुटेराहरु बैंक पसेर लुटपाट गरेको खबर आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

प्रहरीका अनुसार लुटेरा समूहमा ५ जना थिए। उनीहरु सबैले पेस्तोल बोकेका थिए। 

लुटेरा समूहले पेस्तोल देखाएर बैंकको नगद काउन्टरमा बस्ने कर्मचारीलाई नियन्त्रणमा लिएर रकम लुटेर लगेका छन्। बैंकबाट लुटेराहरुले कति रकम लगे भन्ने कुरा यकिन भइनसकेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लुटेरा समूहको खोजीका लागि प्रहरी परिचालन भइरहेको छ। जिल्लाका सबै प्रहरी युनिटलाई यसबारेमा जानकारी गराइएको प्रहरीले जनाएको छ। 

 

मंगलबार, १६ जेठ २०८०, १४ : ४२

प्रतिक्रिया