लाभांश वितरण नगर्ने एक कम्पनीको निर्णय

मंगलबार, १६ जेठ २०८०, १७ : ५७

काठमाडौँ - गुडविल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश वितरण नगर्ने भएको छ। 

कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। 

कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण ९वासलात, नाफा–नोक्सान, नगद प्रवाह वितरण तथा राष्ट्र बैंकको निर्देशनअनुसार सम्पूर्ण अनुसूचीहरु, कर्जा नोक्सानी व्यवस्थाको विवरणसमेत० स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गरेको छ। 

राष्ट्र बैंकको स्वीकृतिपछि वित्तीय विवरण आगामी २८ औँ वार्षिक साधारणसभामा पेस गरी अनुमोदन गरिने कम्पनीले जनाएको छ। 

 

मंगलबार, १६ जेठ २०८०, १७ : ५७

प्रतिक्रिया