आइएमई पे र निसर्ग अस्पतालबीच सम्झौता

बुधबार, १७ जेठ २०८०, १३ : १८

काठमाडौँ- आइएमई पे र निसर्ग अस्पतालबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। 

सम्झौताअनुसार अब निसर्ग अस्पतालमा आइएमई पेमार्फत भुक्तानी गर्ने ग्राहकले २५५सम्म छुट प्राप्त गर्न सक्नेछन्। 

सम्झौतापत्रमा निसर्ग अस्पतालका तर्फबाट तीर्थराज पन्त र आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका छन्। 

उक्त सम्झौताअन्तर्गत निसर्ग अस्पतालको विभिन्न सेवा–सुविधा प्रयोग गरी आइएमई पेमार्फत भुक्तानी गर्दा सुविधाबमोजिम ५५ देखि २५५ सम्म छुट प्रदान गरिनेछ। सो छुट १ वर्षका लागि लागू हुनेछ।

बुधबार, १७ जेठ २०८०, १३ : १८

प्रतिक्रिया