राष्ट्रपतिद्धारा नागरिकता विधेयक प्रमाणीकरण

बुधबार, १७ जेठ २०८०, १४ : ०९

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आज बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेका हुन् ।

मन्त्रिपरिषद्को जेठ १२ को आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन् ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो ।

बुधबार, १७ जेठ २०८०, १४ : ०९

प्रतिक्रिया