काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमको कर्मचारी कार्वाही गरेको बताएका छन् ।
उनले आफ्नो सामाजिक सञ्जालमा एक पोष्ठ गर्दै कर्मचारी गगन ब चन्दलाई कार्वाही गरेको बताएका हुन् । 
गत जेठ १७ गते काठमाडौंबाट ताप्लेजुङ उडानका लागि नेपाल वायुसेवा निगमको टिकट काटी बोर्डिङ पास समेत लिएर विमानस्थल भित्र जहाजको ढोकामा पुगेका बृद्ध ठाकुरसिंह भण्डारीलाई विमानस्थलबाट सिस्टममा नाम नभएको भनि घर फर्काइएको घटनापछि यस बारेमा गुनासो आएकोले निगमका सम्बन्धित कर्मचारी गगन ब चन्द युनिट ईन्चार्जलाई सोधपुछ गर्दा चित्तबुझ्दो जवाफ नआएको हुँदा चन्दलाई कार्वाही गरेको बताएका हुन् ।
चन्दलाई कारवाहीस्वरुप काठमाडौंबाट ताप्लेजुङ विमानस्थलमा सरुवा गरि थप अनुसन्धान जारी रहेको मन्त्री किराँतीले बताए ।



प्रतिक्रिया