प्रभु लाइफ इन्सुरेन्सको साधारण सभा शुक्रबार बस्दै

विहीबार, २५ जेठ २०८०, ०९ : ०९

काठमाडौँ – प्रभु लाइफ इन्सुरेन्सको साधारण सभा भोली शुक्रबार  बस्ने भएको छ । 

सभामा उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ९.८% बोनस सेयर र कर प्रयोजनका लागि ०.५१५८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । 

यस्तै, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्सुरेन्स एक–आपसमा गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने एजेन्डा पनि रहेको छ । यी दुई कम्पनी गाभिएर ‘प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स’ को नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव रहेको छ । 

सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा कायम १ः१ सेयर स्वाप अनुपात स्वीकृत गर्ने प्रस्तावसमेत छ । गाभिए पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव सभामा लगिने भएको छ । 

साधारण सभा प्रयोजनका लागि प्रभु लाइफले जेठ १२ गते बुक क्लोज गरिसकेको छ । सभा, लैनचौर ब्यांकेट काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

विहीबार, २५ जेठ २०८०, ०९ : ०९

प्रतिक्रिया