माछापुच्छ्रे बैंकले तोक्यो डिजिटल कारोबारको सीमा

विहीबार, २५ जेठ २०८०, १२ : २८

काठमाडौँ - माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल भुक्तानीमा नयाँ काराबोर सीमा तोकेको छ । बैंकले मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, वालेट लोड जस्ता डिजिटल भुक्तानीमा सीमा तोकेको हो ।

बैंकले मोबाइल बैकिङ्गमा एकपटकमा अधिकतम दुईलाख रुपैयाँ, एक दिनमा टोटल ३ लाख रुपैयाँ र एक महिनामा टोटल १० लाख रुपैयाँ मात्रै डिजिटल भुक्तानी तथा कारोबार गर्न पाउने सीमा तोकेको छ ।

त्यस्तै, बैंकले इन्टरनेट बैकिङ्ग अन्तर्गत एकपटकमा अधिकतम १० लाख रुपैयाँ, एक दिनमा अधिकतम २० लाख रुपैयाँ र एक महिनामा अधिकतम ५० लाख रुपैयाँ सीमा तोकेको छ ।

त्यस्तै, यता बैंकले एटीएममार्फत एकपटकमा अधिकतम २५ हजार रुपैयाँ निकाल्न पाउनेछन् । एकदिनमा अधिकतम १ लाख रुपैयाँ र एक महिनामा ४ लाख रुपैयाँमात्रै निकाल्न पाउनेछन् ।

 

विहीबार, २५ जेठ २०८०, १२ : २८

प्रतिक्रिया