साना किसान र आरएमडीसी लघुवित्तले पाए मर्ज हुने स्वीकृति

शुक्रबार, २६ जेठ २०८०, ०८ : ०१

काठमाडौं - साना किसान र आरएमडीसी लघुवित्तलाई एक आपसमा मर्ज हुन नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । यो सँगै दुई लघुवित्तको मर्जर प्रकृया अघि बढेको छ ।  यसअघिनै दुवै लघुवित्तबीच एक आपसमा गाभिएर कारोबार गर्ने सम्झौता भईसकेको छ । यी दुई लघुवित्तले १००ः८७ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति गरेका थिए ।  

अर्थात, आरएमडीसी लघुवित्तको १०० कित्ता सेयरलाई मर्जरपछि बन्ने कम्पनीको ८७ कित्ता सेयर कायम हुनेगरी स्वाप रेसियो तय गरिएको हो । मर्जरपछि साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्नेगरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । 

 

शुक्रबार, २६ जेठ २०८०, ०८ : ०१

प्रतिक्रिया