प्रभु बैंकको २६ लाख भन्दा बढी सेयर आजबाट बिक्रीमा

१० महिना अगाडि

काठमाडौँ – प्रभु बैंकले आफ्नो संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर आज ९जेठ २६ गते०बाट बिक्रीमा राखिएको छ।

बैंकले कुल २६ लाख ५० हजार ८०२ कित्ता सेयर बिक्री गर्न लागेको हो । यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। 

इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाडौँको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ। 

यसअघि बैंकले उक्त सेयर ३५ दिनको म्याद दिई संस्थापक सेयरधनीहरुका लागि आवेदन खुला गरेको थियो। तर, संस्थापक सेयरधनीहरुबाट खरिदका लागि आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। 

१० महिना अगाडि

प्रतिक्रिया