काठमाडौं - हिमालयन रिइन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको रिपोर्ट बल्ल सार्वजनिक गरेको छ । चैत मसान्तसम्म आइपुग्दा यसको खुद नाफा २९.५२% ले बढेर २५ करोड ४४ लाख ४४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले १९ करोड ६४ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा बिमा कोषको आकार र खुद बिमा शुल्क आर्जन बढेकाले खुद नाफा पनि बढेको हो । यसअवधिमा बिमा कोषको आकार ह्वातै बढेको छ । गत वर्ष ४८ लाख १९ हजार रुपैयाँ रहेको बिमा कोषको आकार यस वर्ष १३ करोड ६९ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।
यता, गत वर्ष ४७ करोड ४९ लाख ६४ हजार रुपैयाँ रहेको खुद बिमा शुल्क आर्जन यो वर्ष ३ अर्ब ३८ करोड ४६ लाख २४ हजार रुपैयाँ पुगेको छ । हाल यस रिइन्सुरेन्सको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा ३८ करोड ५८ लाख रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्ममा कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ७ अर्ब २१ करोड ९४लाख रुपैयाँ रहेको छ । अल्पकालिन लगानी तथा कर्जा भने १ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ रहेको छ । यसअवधिमा कम्पनीले २४ करोड ७२ लाख ६९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
प्रतिक्रिया