नारायणी डेभलपमेन्ट बैंकले आफ्नो २१औँ वार्षिक साधारणसभा असार १९ गते गर्ने

मंगलबार, ३० जेठ २०८०, ०९ : ०९

काठमाडौँ – नारायणी डेभलपमेन्ट बैंकले आफ्नो २१औँ वार्षिक साधारणसभा यहि आउँदो असार १९ गते आयोजना गर्ने निर्णय गरेको छ। 

बैंक सञ्चालक समितिको सोमबार (जेठ २९ गते) बसेको बैठकले वार्षिक साधारणसभा चितवनको सौराहास्थित होटेल मोनालिसामा बिहान ११ः१३० बजेबाट सुरु गर्ने निर्णय गरेको हो। 

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्तिमा जान उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव स्वीकृत गर्नेछ। 

कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने सम्बन्धमा कम्पनीको आवश्यकताअनुसार तथा नियमनकारी निकायहरुबाट कुनै फेरबदल, सुझाव भएमा सोहीअनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिन सभाले स्वीकृति दिनेछ। 

सभाले सञ्चालकहरुको मनोनयन र निर्वाचन पनि गर्नेछ। 

आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि सभाले पारित गर्नेछ। 

वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले असार १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार ७ गते (असार ८ गते शुक्रबार र असार ९ गते शनिबार)सम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।  

मंगलबार, ३० जेठ २०८०, ०९ : ०९

प्रतिक्रिया