महालक्ष्मी विकास बैंकको ९ लाख कित्ता भन्दा बढी सेयर बिक्रीमा

मंगलबार, ३० जेठ २०८०, ०९ : २२

काठमाडौँ – महालक्ष्मी विकास बैंकले  ९ लाख कित्ता भन्दा बढी सेयर आज (जेठ ३० गते)बाट बिक्रीमा राखिएको छ। 

बैंकको संस्थापक समूहको ९ लाख ४७ हजार ३९२ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। 

इच्छुक संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई काठमाडौँको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा आवेदन दिन सकिनेछ। यसका लागि ३५ दिनको अवधि दिइएको छ। 

यो अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम सेयर बिक्री गर्न आवश्यक प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ। 

 

मंगलबार, ३० जेठ २०८०, ०९ : २२

प्रतिक्रिया