काठमाडौं - नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ताका रुपमा काम गर्न थप ४ कम्पनीलाई स्वीकृति प्रदान गरेको छ । बोर्डले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, लागत इन्भेष्टमेन्ट, राष्ट्रिय वाणिज्य बैंक र टु नर्थ एसोसिएट्स प्रालिलाई स्वीकृति दिएको हो ।
यससँगै संस्थागत लगानीकर्ताको रुपमा काम गर्न योग्य कम्पनीको संख्या १३५ पुगेको छ । धितोपत्र बोर्डले विभिन्न चरणमा कम्पनीलाई स्वीकृति प्रदान गर्दै आएको छ । थपिएका ४ वटा कम्पनीले वैशाख १० गते स्वीकृति पाएका हुन्।
प्रतिक्रिया