काठमाडौँ - रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा लिसरा व्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा आज सम्पन्न गरेको हो ।
सभाले कम्पनीको आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल गरी प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, सभाले आर्थिक वर्ष २०७९।८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ११२ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २१२ रुपैयाँमा आइपीओ बिक्री गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
प्रतिक्रिया