एनएमबि बैंकको नयाँ ब्याजदर सार्वजनिक

शुक्रबार, ०१ असार २०८०, १४ : २४

काठमाडौँ - एनएमबि बैंकले आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असार १ गतेदेखि लागू हुने गरि ब्याजदर सार्वजनिक गरेको हो ।

बैकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० र अधिकतम ८.४० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ ।

बैंकले मुद्दति निक्षेपमा भने संस्थागत तर्फबाट ७.९९ र ब्यक्तिगत तर्फबाट ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले रेमिट्यान्स बचत खातामा भने १०.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

शुक्रबार, ०१ असार २०८०, १४ : २४

प्रतिक्रिया