काठमाडौं - चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले ६ करोड ४७ लाख १४ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले ८४ लाख ४९ हजार रुपैयाँ घाटा व्यहोरेको थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी घटेसँगै नोक्सानी झन चुलिएको हो ।
गत वर्ष यसकम्पनीले विद्युत् बिक्रीबाट ३ करोड ३७ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेकोमा यस वर्ष २ करोड ३४ लाख २५ हजार रुपैयाँमा सीमित भएको छ । चैत मसान्तसम्म आइपुग्दा यस कम्पनीको चुक्ता पुँजी ३८ करोड ८ लाख ३७ हजार रुपैयाँ रहेको छ ।
जगेडा कोष २७ करोड २३ लाख ३१ हजार रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ १८ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ५८ रुपैयाँ २१ पैसा छ ।
प्रतिक्रिया