काठमाडौँ - कामना सेवा विकास बैंक र Tranquility Spa बीच मिति २०८० साल असार महिना ०३ गते आईतबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले Tranquility Spa का सम्पूर्ण आउटलेटहरुले प्रदान गर्ने massage therapy तथा salon सेवाहरुमा २५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। सदस्यता लिएका बैंकका ग्राहकहरुलाई spaले प्रदान गर्ने सेवा सुविधाहरुमा ५०% सम्मको छुटको समेत व्यवस्था रहेकोे छ ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया