बीमाशूल्कको व्याज शतप्रतिशत मिनाहा गर्दै हिमालयन लाइफ

सोमबार, ०४ असार २०८०, १३ : ४२

काठमाडौँ - हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेखहरुमा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ ।

कम्पनीले साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा असार ४ (आज) देखि असार १५ गतेसम्ममा पुनर्जागरण गर्दा बीमाशूल्कमा लाग्ने बिलम्ब शुल्कमा (ब्याज अथवा जरिवाना) छुट प्रदान गर्ने भएको छ ।

कम्पनीले ३ वर्षसम्म व्यतित बीमालेखमा शतप्रतिशत, ३ वर्ष माथि देखि ७ वर्षसम्म ५० प्रतिशत र ७ वर्ष माथि देखि जतिसुकै अवधिको भएपनि २५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो ।

व्यतित बीमालेख पूनर्जागरण गर्दा दिइएको छुट सुविध बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने कम्पनीले जनाएको छ ।

सोमबार, ०४ असार २०८०, १३ : ४२

प्रतिक्रिया