समृद्धि फाइनान्सको गैर शाखा उद्घाटन

सोमबार, ०४ असार २०८०, १८ : ०१

काठमाडौँ - नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको संस्था समृद्धि फाइनान्स कम्पनी लिमिटेडको नवौं शाखाको रुपमा शाखा कार्यालय गैर, सर्लाहीको समुद्घाटन कार्यक्रम मिति २०८० अषाढ ४ गते सोमबार  कविलासी नगरपालिकाका मेयर ब्रहम देव राय र समृद्धि फाईनान्स लि.का संस्थापक संचालक सुजन अधिकारीले संयुक्त रुपमा गर्नुभयो । 

फाईनान्सको शाखा प्रबन्धक रामहरि निरौलाले संचालन गनुर्् भएको उक्त कार्यक्रम संस्थाका संचालक सुजन अधिकारीको सभापतित्वमा  कविलासी नगरपालिकाको मेयर प्रमुख अतिथि, नगरपालिकाको उपमेयर पुनम कर्ण र नेपाल सरकारको भूतपूर्व सहकारी अधिकृत तथा राजश्री बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापक प्रमुख रामलक्ष्यण राय विशिष्ट अतिथि रहनुभएको थियो । उक्त कार्यक्रममा मेयर ब्रहम देव रायले यस भेगमा बैकको अत्यधिक आवश्यकता रहेको र रकम जम्मा तथा वैकिङ्खकारोबार गर्न यहाँका स्थानीय बासिन्दा धेरै अप्ठ्यारो परिरहेको परिस्थितिमा अव सो समस्याबाट यहाँका वासिन्दाले मुक्ती पा्ई सरल र सहज ढंगले गाउँमै सेवा लिन उपयुक्त अवसर भएको विचार व्यक्त गर्नुभयो । 

कार्यक्रममा उपमेयर पुनम कर्णले यस ठाउँमा रहेको जनता अधिकांस कृषकहरु रहेको तथा उनीहरु कतिपयलाई कसरी वैकिङ्ख सेवा लिने सो सम्बन्धमा जानकारी समेत नभएकोले कर्मचारीहरुले सो मा थप सहजीकरण गरि कुरा वुझाएर वैकिङ्ख दायरमा ल्याई वैकिङ्ख सेवा दिई विश्वासिलो ढंगले कार्य गर्न सुझाउँदै संस्थाको प्रगतिको शुभकामना दिनुभयो । त्यसैगरि पिपरिया मा.वि.का प्र.अ. बद्री नारायण मिश्रले यस वैकबाट हामीजस्ता कर्मचारी वर्गहरुलाई थप फाईदापुग्ने तर्फ आशावादी हूँदै उत्तरउत्तर प्रगतिको शुभकामना दिनुभयो । संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले सस्थाको परिचयका साथै सस्थाले उपलब्ध गराउने सेवा सुबिधाको बारे प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा, राजश्रीका व्यवस्थापन प्रमुख रामलक्ष्यण राय, समाजसेवी तथा वुद्धिजिवी रजनिकान्त झा, नगर कार्यपालिका सदस्य विनय कुमार कर्ण लगायतले बैकको आवश्यकता र महत्वको विषयमा आफ्नो धारण राख्दै वैकको उत्तरोक्तर प्रगतिको शुभकामना दिनुभयो । अन्त्यमा संस्थाका संचालकले यस ठाउँका बासिन्दाहरुको आवश्यकता बमोजिम वैकले आफ्ना सेवाहरु लाई परिमार्जन गर्दै गुणस्तरिय सेवा दिने कुरा विश्वस्त पार्दै कार्यक्रमको समापन गर्नुभयो । 

उक्त नयाँ शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल नौ वटा पुगेको छ । संस्थाले यसै हप्ता  थप ३ नयाँ शाखाहरु उद्घाटन गर्ने योजना रहेको जनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ । 

 
 
 

 
 

सोमबार, ०४ असार २०८०, १८ : ०१

प्रतिक्रिया