काठमाडौं - केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका सेवाग्राहीलाई वान टाइम पासवर्ड (ओटीपी) कसैलाई नदिन सुझाव दिएको छ । केन्द्रीय बैंकले मंगलबार मैथिली भाषामा सूचना जारी गर्दै सजग गराएको हो । राष्ट्र बैंकले विभिन्न बहानामा ओटीपी माग्ने र रकम चोरी गर्ने घटना संसारभर नै हुने गरेको बताउँदै सजग भएर विद्युतीय भुक्तानी कारोबार गर्न आग्रह गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले निश्चित प्रयोजनका लागि तोकिएको समयभित्र प्रयोग गर्न मिल्नेगरी ग्राहकले दर्ता गराएको मोवाइ वा इमेलमा ओटीपी आउने भएकाले कसैलाई पनि नदिन केन्द्रीय बैंकले भनेको छ ।
के हो ओटीपी ?
विद्युतीय कारोबार गर्न खोजिरहेको व्यक्ति सही हो वा होइन भन्ने पहिचानको लागि सेवा प्रदायकको प्रणालीले स्वचालित रुपमा प्रदान गर्ने पासवर्ड नै ओटीपी हो ।

प्रतिक्रिया