थप एक कम्पनीको संस्थापक शेयर बिक्रीमा

बुधबार, ०६ असार २०८०, १२ : २४

काठमाडौं-  महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार १८३ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयर समूहको शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकेका शेयरमा लगानीकर्ताले न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने भएका छन् ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक जो कोही अन्य व्यक्ति तथा संस्थाले आवश्यक कागजात संकलन गरी असार १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

बुधबार, ०६ असार २०८०, १२ : २४

प्रतिक्रिया