नेपाल बैंकको संचालकमा काफ्ले  नियुक्त

विहीबार, ०७ असार २०८०, १४ : ०७

काठमाडौँ - नेपाल बैंक लिमिटेडले संचालकमा आनन्द काफ्लेलाई नियुक्त गरेको छ ।

बैंकको संचालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधिको रुपमा संचालक पदमा रहेका धनीराम शर्माको स्थानमा अर्थमन्त्रालयका सहसचिव आनन्द काफ्लेलाई संचालकमा नियुक्त गरेको हो ।

बैंकको संचालक समितिको निर्णयले काफ्लेलाई संचालकमा नियुक्त गरेको हो ।

विहीबार, ०७ असार २०८०, १४ : ०७

प्रतिक्रिया