कुमारी बैंकले आज देखि संस्थापक सेयर बिक्री गर्दै

मंगलबार, १२ असार २०८०, ०८ : १९

काठमाडौँ – कुमारी बैंकले आफ्नो संस्थापक समूहको सेयर आज असार १२ गतेबाट बिक्रीमा राखिएको छ। 

बैंकले ३ लाख १६ हजार १४० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। सेयरमा विद्यमान संस्थापकसँगै अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। 

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताले न्यूनतम १ हजार कित्ता सेयरका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। 

लगानीकर्ताले असार १८ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्। धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालयमा बोलपत्र पेस गर्न सकिनेछ। 

 

मंगलबार, १२ असार २०८०, ०८ : १९

प्रतिक्रिया