गभर्नर अधिकारीद्वारा बीआईएसको ९३ औं वार्षिक वैठकमा सहभागि

बुधबार, १३ असार २०८०, १६ : ४८

 गभर्नर अधिकारीद्वारा बीआईएसको ९३ औं वार्षिक वैठकमा सहभागि

काठमाडौँ असार ९ र १० गते स्विट् जरल्याण्डको बासेलमा  आयोजित The bank of settlements (BIS) को ९३ औं वार्षिक बैठकमा सहभागी भई असार १२ गते स्वदेश फर्कनुभयो । सो बैठकमा बीआईएसका सदस्य राष्ट्र, विश्वका विभिन्न केन्द्रीय बैंक तथा मौद्रिक अधिकारीका प्रतिनिधिको सहभागिता थियो । बैठकका क्रममा गभर्नर अधिकारीले फाइनान्सियल स्टाब्लिटी इन्स्टिच्युटद्वारा असार ९ गते आयोजित 'Policy Approaches for Addressing Risks Posed by Crypto Assets and Decentralized Finance' विषयक अन्तरक्रियामा सहभागी हुनुभयो । त्यस क्रममा उहाँले क्रिप्टोकरेन्सीले ल्याउनसक्ने चुनौती र त्यसलाई सम्बोधन गर्न नेपालले अवलम्बन गरेको नीतिगत व्यवस्थाका सम्बन्धमा जानकारी दिनुभयो ।

बैठकमा बीआईएसका महाप्रबन्धक अगस्टिन कार्टेन्सले बीआईएसको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै उच्च मुद्रास्फीति र वित्तीय स्थायित्वमा देखिएको चुनौतीका कारण  विश्वभरका केन्द्रीय बैंकहरू दबाबमा रहेको चर्चा गर्नुभयो । यसै गरी, असार १० गते आयोजित Overcoming Cross-border Payment Challenges for Emerging Markets and Developing Economies (EMDEs)विषयक ‘सेन्ट्रल बैंक राउण्डटेबल’मा समेत उहाँ सहभागी हुनुभयो ।

बैठकका दौरान गभर्नर अधिकारीले स्टेट बैंक अफ पाकिस्तानका गभर्नर जमील अहमदसँग भेटवार्ता गर्नुभयो । भेटका क्रममा उहाँहरूबीच मूल्यस्थिति, वित्तीय स्थायित्व र बाह्य क्षेत्र व्यवस्थापनका विषयमा छलफल भएको थियो । बैठकको सिलसिलामा गभर्नर अधिकारीले ‘बीआईएस इनोभेसन हब’ को अवलोकन गर्दै हबमा राखिएका विभिन्न प्रोजेक्टबारे जानकारी लिनुभएको थियो ।

बीआईएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसले विश्वभरका केन्द्रीय बैंकबीचको समन्वय र नीतिगत प्रयासबाट मौद्रिक तथा वित्तीय स्थायित्व प्रवद्र्धनको निम्ति आवश्यक भूमिका निर्वाह गर्दछ । सन् १९३० मा स्थापित यस संस्थामा हाल ६३ वटा केन्द्रीय बैंकहरू सदस्य छन् । यसको मुख्यालय स्विट् जरल्याण्डको बासेलमा रहेको छ ।

बुधबार, १३ असार २०८०, १६ : ४८

प्रतिक्रिया