आज सेयर बजार, बैंक तथा वित्तीय संस्था पनि बन्द हुने

विहीबार, १४ असार २०८०, ०८ : ०२

काठमाडौं - सरकारले बकर इदको अवसरमा आज (असार १४ गते) सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले मंगलबारनै एक सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको हो ।

सरकारको यो निर्णयसँगै सबै सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था पनि आज बन्द हुनेछन् ।

विहीबार, १४ असार २०८०, ०८ : ०२

प्रतिक्रिया