सन नेपाल लाइफको बीमा दाबी भुक्तानी

विहीबार, १४ असार २०८०, १३ : ३७

काठमाडौँ - सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको बागलुुङ शाखाले वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएका बीमित साजन सापकोटाको परिवारलाई बीमा दावी वापतको १४ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा स्थायी घर भई रोजगारीको लागि मलेसिया गएका साजनको ०७९ चैत्र ८ गते रोजगारीकै सिलिसलामा मृत्यु भएको थियो । वैदेसिक रोजगारीमा जानुअघि साजनले सन नेपाल लाइफ इन्स्योरेन्स मार्फत म्यादी बीमा गराएको कम्पनीले जनाएको छ ।

 

विहीबार, १४ असार २०८०, १३ : ३७

प्रतिक्रिया