जानकी फाइनान्सले डाक्यो वार्षिक साधारणसभा

आइतबार, २४ असार २०८०, ११ : ०५

काठमाडौँ-  जानकी फाइनान्स कम्पनीले आफ्नो २६ औँ वार्षिक साधारणसभा डाकेको छ। 

कम्पनी सञ्चालक समितिको शुक्रबार (असार २२ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो साउन १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा जनकपुरधामको तिरहुरिया गाछी–४स्थित मसाला कटेजमा बिहान ९ बजेबाट सुरु हुनेछ। 

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीयसँग मर्जर वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

सोही सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। 

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो साउन २ गतेदेखि साउन १३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन १ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्। 

 

आइतबार, २४ असार २०८०, ११ : ०५

प्रतिक्रिया