कुमारी बैंकका तत्कालिन सिईओ सहित ११ जना बिरुद्द मुद्दा दायर

सोमबार, २५ असार २०८०, १७ : ५०

काठमाडौँ - सम्पति शुद्दीकरण अनुसन्धान विभागले कुमारी बैंकका तत्कालिन सिईओ अनुजमणी तिमिल्सेना र शाखा प्रमुख सहित ११ जना बिरुद्द बिशेष अदालतमा मुद्दा दायर गरेको छ। सम्पत्ति शुद्धीकरणको कसूर गरेकाले सीइओ तिमिल्सेनासहित सहित ११ जना विरुद्द १ अर्ब १० करोड ४३ लाख ३६ हजार ४ सय रुपैयाँ बिगो दाबी कायम गरी मुद्दा दायर गरिएको बिभाग बताउँछ ।

फर्जी कागजात बनाएर लिएको कर्जा रकम मेरालायन इन्टरप्राइजेज कम्पनी प्रालिको नाममा प्रयोग गरी सम्पत्ति शुद्धीकरणको कसूर गरेकोले उनीहरुलाई प्रतिबादी बनाएर मुद्दा दायर गरिएको बिभागद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

जारी विज्ञप्तीमा उल्लेख गरिएअनुसार उनीहरुबिरुद्द सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३० को उपदफा १, २, ७ र ८ बमोजिम अलग–अलग सजाय माग गरेको छ । विभागले त्यसै ऐनको दफा ३४ को उपदफा १ र २ बमोजिम अपचलन भएको रकम जफत गर्न समेत विशेष माग गरेको छ ।

 

सोमबार, २५ असार २०८०, १७ : ५०

प्रतिक्रिया