एनआईबिएल स्टेबल फन्डले पायो निष्कासनको  अनुमति

मंगलबार, २६ असार २०८०, १३ : १२

काठमाडौँ-  एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईबिएल स्टेबल फन्डले निष्कासन अनुमति पाएको छ। 

नेपाल धितोपत्र बोर्डले एनआईबिएल स्टेबल फन्डलाई निष्कासन अनुमति दिएको हो। 

धितोपत्र बोर्डको अनुमतिसँग अब यो योजनाका १ अर्ब रुपैयाँबराबरको इकाइ बिक्री खुला गरिनेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गरिनेछ। 

यो बन्दमुखी योजना हो। यसको योजना व्यवस्थापनमा एनआईबिएल एस क्यापिटल रहेको छ। 

 

मंगलबार, २६ असार २०८०, १३ : १२

प्रतिक्रिया