हिमालयन बैंकको मृत्यु बीमा दाबी भुक्तानी

मंगलबार, २६ असार २०८०, १६ : १९

काठमाडौँ - हिमालयन बैंक लिमिटेडले बैंकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमा सुविधा अन्तर्गत दश लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ । 

 बैंकका खातावाला स्व।ईश्वर गुरागाईँको दुर्घटनामा परी असामयिक निधन भएको हुँदा निजकी पत्नी विमला गुरागाईँलाई सो रकम सोमबार बैंकको बनेपा शाखाका शाखा प्रबन्धक सुर्योदय प्रजापतिले हस्तान्तरण गरेका थिए । बैंकले उक्त खाता योजनामा हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग खातावालाहरूको दुर्घटना मृत्यु बीमा खरिद गरेको हो । 

 हाल हिमालयन बैंकले विशेष तलबी खाता र नारी बचत खाता योजनामा दश लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यु बीमा सुविधा प्रदान गर्दै आएको छ भने अन्य बचत योजनाहरूमा पाँच लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यु बीमा सुविधा प्रदान गर्दै आएको छ ।

मंगलबार, २६ असार २०८०, १६ : १९

प्रतिक्रिया