सूर्य नेपालको नयाँ ब्रान्ड मंगलदीप बजारमा

विहीबार, ०४ साउन २०८०, १० : १७

काठमाडौं -  सूर्य नेपाल प्रा.लि.ले आफ्नो नयाँ उत्पादन मंगलदीप सयपत्री अगरबत्ती बजारमा ल्याएको छ । 

 अगरबत्तीमा सयपत्री फुलको सुगन्ध मिसिएको हुनाले शुभ कार्यमा उपयुक्त हुनुको साथै पाठपूजाको निमिक्त उत्कृष्ट हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

कम्पनीले सयपत्री अगरबत्तीको प्रत्येक प्याकको बिक्री मूल्य रु ५० कायम गरेको छ । यस नयाँ ब्रण्डले, प्रिमियम अगरबत्ती खोज्ने सम्पूर्ण ग्राहकको मन जित्ने कम्पनीको विश्वास छ ।

मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, सुपर चम्पा, जस्मिन, चम्पा चमेली, चन्दन, लेवेन्डर, अर्पण, त्रेया, पुष्पाञ्जली, त्रिसारालगायतका ब्रण्ड बजारमा उपलब्ध छन् । 

                                          

 

विहीबार, ०४ साउन २०८०, १० : १७

प्रतिक्रिया