काठमाडौं – कान्तिपुर मिडियामा लामो समयदेखि श्रमजीवी पत्रकारहरुले गरेको आन्दोलनमा ऐक्यवद्धता जनाउन अर्को चरणको आन्दोलन घोषणा गरिएको छ । यस क्रममा कान्तिपुर मुख्यालय विज सपार्क थापाथलीमा श्रमजीवीको आवाजमा साथ दिंदै नाराबाजी गरिएको छ । उक्त अवसरमा कानुनसम्मत ७ बुँदे माग पुरा गर, जबर्जस्त निष्काशित श्रमजीवीलाई स(सम्मान पुनर्वहाली गर,देशभर जबर्जस्त राजिनामा दिन लगाउने, बिना कारण पत्रकारहरुलाई सरुवा गर्ने हर्कत बन्द गर जस्ता प्लेकार्डहरु प्रदृशन गर्नुको साथै नारा लगाइएको थियो ।
आन्दोलनकै क्रममा भोलि श्रावण ६ गते शनिवार कैलाश सिरोहियाको निवास पुगेर ऐना उपहार दिने कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध गरिएको छ।
प्रतिक्रिया